मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

केन्द्रबिन्दु
168
Shares

बागमती प्रदेशसभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हाे । नेकपा एसका सदस्य बैठकमा पुग्न ढिला गरेपछि बैठक सारिएकाे हाे ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले समय सकिन तीन दिन अगावै (२२ चैत भित्र) आज विश्वासको मत लिने तयारी गरेका हुन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि जम्कट्टेलको ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ । ३ सांसद रहेको नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको । कांग्रेसका ३७ र राप्रपाका १३ जना सांसद विपक्षमा छन् ।

Logo