बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन माग

बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन माग

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनुअघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरेकी हुन् ।

“वर्षायाम सुरु हुन लागिसक्यो, यात्रुहरुले धेरै सास्ती भोगिरहेका छन्, जतिसक्दो छिटो सडक निर्माण सम्पन्न हुनुपर्छ”, सांसद भुसालले भनिन‍्, “सोे क्षेत्रको यात्रुहरुले थप सास्ती भोग्न नपरोस् भन्ने कुरामा म सदनमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु । पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारन गर्न सरकारसँग माग गर्दछु ।”

विस २०७५ माघ २४ गते चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार सुरु भएको भन्दै यहाँले निर्माणमा असाध्यै ढिलासुस्ती भएको बताइन् ।

“साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो”, उनले भनिन्, “तर अहिलेसम्म सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।” निर्माण सुरु भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरेपनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उनको भनाइ छ ।

Logo