इलाम २ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा सिफारिस

इलाम २ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा सिफारिस

केन्द्रबिन्दु
294
Shares

सत्तारुढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । ०७४ सालको चुनावमा उनी इलामकै क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । सत्तारुढभित्रै इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् ।

Logo