यसरी सुरु भएको थियो रेशम र रञ्जिताको घरझगडा, पुग्याे प्रधानमन्त्रीको टाउकोमा

यसरी सुरु भएको थियो रेशम र रञ्जिताको घरझगडा, पुग्याे प्रधानमन्त्रीको टाउकोमा

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संस्थापक रेशम चौधरीको झगडाले यति बेला राजनैतिक माहोल तताएको छ । पति पत्नीसमेत रहेका रेशम र रञ्जिता राजनैतिक फण्डा नमिलेपछि एक अर्का प्रति रुष्ट भएका हुन् । चौधरीको पारिवारिक मनमुटाबले पार्टीलाई समेत संकटमा पार्ने देखिएको विभिन्न व्यक्तिहरूले औँल्याउन थालेका छन् ।

विभिन्न सञ्चार माध्यमा पति पत्नीको कुरा मिलिसकेको बताउँदै आएका रेशम अहिले उनीहरूको घटना क्रम सिनारियो हेर्दा यसको स्वरुप झन् उग्र बन्दै गएको देखिन्छ । रेशम र रञ्जिताबीच गत वर्ष कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सामेलमा सरकारमा सहभागी हुने कि नहुने भन्ने सन्दर्भबाटै विवाद चर्किएको थियो । जुन बेला टीकापुर घटनाको दोषीमा रेशम जेलमा थिए । रञ्जिता सरकारमा सहभागी हुने पक्षमा रहेको तर रेशम विपक्षमा रहेको बताएको छ । रेशम जेलमा हुँदा उनलाई भेट्न विभिन्न दलका शीर्ष नेता जेलमै पुग्ने गर्थे । रेशमलाई आममाफी दिन माग गर्दै सो बेला उन्मुक्ति पार्टीका कार्यकर्ताले विभिन्न ठाउँमा आन्दोलनको आयोजना साथै उनलाई छुटाउनका लागि दबाब दिँदै आएका थिए ।

रेशम आफ्नो रिहाइबिना सरकारमा नजाने पक्षमा भए पनि रञ्जिता सरकारमा जाने पक्षमा थिइन् । रेशमको सरकारमा नजाने विषयलाई मध्यनजर गर्दै पार्टीभित्र सहमति गरेर रञ्जिता सत्तामा गइन् । सत्तामा गए पश्चात् उनीले मन्त्री भएर भूमि सुधार मन्त्रालय जिम्मेवारी सम्हाल थालेकी थिइन् । मन्त्री भएपछि पार्टीभित्रको आन्तरिक विवाद केही कम हुन पुगेको थियो ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि उनी रिहा भएका थिए । रञ्जिता मन्त्री बेनपछि र रेशम जेलबाट छुटेपछि पति पत्नीको खटपट बढ्दै र सम्बन्ध बिग्रिँदै गएको बताइएको छ । त्यसको असर अहिले सार्वजनिक हुने क्रम जारी छ ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारमा ४ जना सांसद गत २५ फागुन साँझ एक्कासी मन्त्री बनेपछि विवादले उत्कर्ष रूप लिन थालेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका ७ मध्ये ५ जनालाई मन्त्री नियुक्त भए । नाउपाका घनश्याम चौधरी, खुसीराम चौधरी र लक्ष्मणकिशोर चौधरी मन्त्री भए । रामेश्वर चौधरी पहिलेबाटै मन्त्री थिए । तर मुख्यमन्त्री शाहले अघिल्लो गठबन्धनमा मन्त्री रहेका कैलाश चौधरी हटाएर इन्दिरा गिरी राज्यमन्त्री नियुक्त गरे ।

सरकारबाहिर कैलाश र टीका थापा मात्रै रहे । त्यसबेला रेशम चौधरी पार्टी अध्यक्ष नै थिए । तर २८ फागुनमै निर्वाचन आयोगको निर्णयसँगै रेशमको अध्यक्ष पद गयो । रेशम अध्यक्षबाट हटेपछि भने नाउपामा दुई वटा बैठक बस्न थालेको थियो ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि रञ्जिता त्यसको विपक्षमा उभिएकी थिइन् । पार्टीको निर्णय विपरीत गएको भन्दै फिर्ता हुन निर्देशनसमेत दिएकी थिइन् । तर, त्यस लगत्तै रेशमले मन्त्री फिर्ता नहुने बताएका थिए ।

रञ्जिताले सो बेलाको नयाँ गठबन्धन सहभागी भएर सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेकी थिइन् । यसले नागरिक उन्मुक्त पार्टीका दुई नेतालाई दुई किनारा पनि लगाएको थियो । पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट रञ्जिताले असन्तुष्ट महाधिवेशन स्थल छाडेकी बताइन्छ । त्यसपछि झन् यो विषयले नयाँ मोड लिएको थियो ।

रेशम चौधरीले महाधिवेशनभन्दा पहिला रञ्जितालाई अध्यक्षमै निरन्तरता दिने जनाएका थिए । तर महाधिवेशनमा रेशमले अचानक उम्मेदवारी दिएका कारण उनी मोडिएको बताइन्छ । अहिले सरकारको विषयलाई लिएर पार्टीभित्र नै विवाद र हात हालाहाल भएको छ । पार्टीले सोमबार काठमाडौंमा बोलाएको बैठकमा रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षबिच हात हालाहालको भएको थियो । रञ्जिता पक्षधरका केही नेताले रेशमले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । लगत्तै रेशमले रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रियासँगै पार्टी विभाजनकै संकेत दिएका छन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका विवाद मिलाउन पहल लिएका छन् । उनले मंगलबार अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा उसकै खाँचो छ । त्यसकारण पनि नाउपा विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्री प्रचण्डले पहल लिएका हुन् । यो बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि अध्यक्ष रञ्जिताले भेटेकी छन् ।

Logo