इलाममा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न झलनाथ खनालको आग्रह

इलाममा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न झलनाथ खनालको आग्रह

केन्द्रबिन्दु
168
Shares

मङ्गलबारे (इलाम) । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गरे ।

उनले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताए ।

Logo