जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौं: उपसभापति खड्का

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौं: उपसभापति खड्का

केन्द्रबिन्दु
70
Shares

नेपाली कांग्रेस सुर्खेत जिल्ला समितिले शनिबार आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री तथा पार्टी उपसभापति खड्काले जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्ने बताए ।

उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेकाे अनुभूति हुँदै गएकाे बताउँदै विधानमा ब्यवस्था भए अनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नु पर्ने आवश्यकता औंल्याए।

उपसभापति खड्काले पार्टी विधानले व्यवस्था गरे अनुसार नियमित बैठकहरू बसेर जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध सुमधुर हुन आवश्यक रहेकाे बताए । निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ,´उनले भने, यसले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।´

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खड्काले निर्वाचनका बेला कांग्रेसकाे चुनाव चिन्ह बाेकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्वता जनाए । स्थानीय तह, प्रदेश र संघकाे निर्वाचनमा मतदातासँग मत माग्न जाँदा हामीले जे-जे कुराहरू बाेलेका थियाैं, ती सबै कुरा पाँच वर्षभित्र पूरा गरेर छाेड्छाैं,।´ उनले भने, निर्वाचनका बेला गरिएका बाचा अनुसार भइरहेका कामहरूका बारेमा पार्टी नेता तथा कार्यकर्ताहरूले जनताकाेबीचमा जानकारी गराउन आवश्यक छ ।´

उपसभापति खड्काले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्ने बताए । महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिकाे बैठकले पारित गरेपछि पुस्तककाे रूप दिएर देशभरका पार्टी कार्यकर्ताकाे हातहातमा पुर्याउँछाैं,´ उनले भने, महासमिति बैठककाे सुझावका आधारमा टाेलदेखि केन्द्रसम्म संगठन सुदृढीकरण र पार्टी पुननिर्माणकाे अभियान सुरू गर्छाैं ।´

Logo