लुम्बिनीमा मुख्यमन्त्री महराले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

लुम्बिनीमा मुख्यमन्त्री महराले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

केन्द्रबिन्दु
56
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएसँगै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन मन्त्री बनेका छन् । अहिले उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।

Logo