गण्डकीका मुख्यमन्त्री खगराजले लिए सपथ, मनाङे बने पाँचौंपटक मन्त्री

गण्डकीका मुख्यमन्त्री खगराजले लिए सपथ, मनाङे बने पाँचौंपटक मन्त्री

केन्द्रबिन्दु
112
Shares

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई शपथ ग्रहण गराएका हुन् । अधिकारी आइतबार मात्रै एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सो क्रममा मुख्यमन्त्री अधिकारीले २ सदस्यीय सानो मन्त्रीमण्डल पनि बनाएका छन् । माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका हुन् । मनाङेले महिना दिनमै दोस्रो पटक मन्त्रीको शपथ लिएका हुन् । मनाङेलाई यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । योसँगै मनाङे गण्डकीमा पाँचौं पटक मन्त्री बनेका छन् ।

Logo