गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिलाई लिएर कांग्रेस सर्वोच्च जाने

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिलाई लिएर कांग्रेस सर्वोच्च जाने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिलाई लिएर नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ।

आज (सोमबार) बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अधिकारी नेतृत्वको प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै अदालत जाने निर्णय गरेको हो। संविधानको धारा १६८ को उपधार २ अनुासर अधिकारी आइतबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

एमाले माओवादी र स्वतन्त्र सांसद गरि ३१ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। तर, ३१ जनाको समर्थनमा माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धितालको पनि हस्ताक्षर प्रयोग भएको थियो।

Logo