प्रधानमन्त्री प्रचण्ड दक्षिण कोरिया भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड दक्षिण कोरिया भ्रमणमा जाने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्।

उनी द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा दक्षिण कोरियाको भ्रमणमा जाने भएका हुन्।

भ्रमणको मिति र एजेन्डाबारे गृहकार्य सुरु भएको मन्त्रिपरिषद्‍को कार्यालयले जनाएको छ।

भ्रमण जेठ १५ पछि मात्रै हुन सक्ने बताइएको छ।

Logo