कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । केन्द्रमा सत्तासमिकरण बदलिएसँगै माओवादी केन्द्रले पनि कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आज(सोमबार) बसेको संसदीय दलको बैठकले प्रदेशसभामा केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

यस्तै, बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई आजै राजीनामा गर्न लगाउने निर्णय गरेको छ।

योसँगै कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्नेछ।

Logo