सभामुख र शीर्ष नेताबीचको छलफल जारी

सभामुख र शीर्ष नेताबीचको छलफल जारी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष नेताबीचको छलफल सुरू भएको छ। छलफल अहिले सभामुखको कार्यकक्ष सिंहदरबारमा सुरू भएको हो।

छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेता सहभागी रहेका छन् ।

संसद्‍मा नेपाली कांग्रेसले सहकारी प्रकरणमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर संसद चल्न नदिने चेतावनी दिएको थियो।

सोही विषयमा सभामुख घिमिरेले शीर्ष दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

Logo