सभामुख-शीर्ष नेताकाे बैठकः आफ्नो अडान कायम राख्दै बाहिरियो कांग्रेस

सभामुख-शीर्ष नेताकाे बैठकः आफ्नो अडान कायम राख्दै बाहिरियो कांग्रेस

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासँगको बैठकबाट नेपाली कांग्रेस आफ्नो अडान कायम राख्दै बाहिरिएको छ।

सभामुखको कार्यकक्षमा बोलाएको शीर्ष नेतासँगको छलफलमा कांग्रेसले संसदमा आफ्नो अडान कायमै रहेको भन्दै बैठकबाट बाहिरिएको हो।

बैठकबाट बाहिरिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हाम्रो कुरा यथावत् राख्यौँ। देशमा विभिन्न सहकारीको रकम दुरुपयोग भएको छ। बहालवाला मन्त्रीहरूको नाम जोडिएको छ। आफ्नो संसदीय छानबिन समिति गठनको माग हामीले यथावत् राखेका छौँ।’

सो छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेता सहभागी रहेका थिए।

संसद्‍मा नेपाली कांग्रेसले सहकारी प्रकरणमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर संसद चल्न नदिने चेतावनी दिएको थियो। सोही विषयमा सभामुख घिमिरेले शीर्ष दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

Logo