कोशीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

कोशीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

केन्द्रबिन्दु
98
Shares

कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादीका ३ जना मन्त्रीले राजीनामा दिएका हुन् । खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

योसँगै कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

Logo