कोशीको नयाँ मुख्यमन्त्रीका लागि हिक्मतकुमारको दाबी पेस

कोशीको नयाँ मुख्यमन्त्रीका लागि हिक्मतकुमारको दाबी पेस

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन कोशी प्रदेशका दुई ठूला दलहरूले नयाँ मुख्यमन्त्री बनाउनका लागि दाबी पेस गरेका छन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई बनाउन प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

कोशीमा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्दा हिक्मतकुमारलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेर दाबी प्रस्तुत गरेका हुन्।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

Logo