एमाले ललितपुरको अध्यक्षमा आचार्य

एमाले ललितपुरको अध्यक्षमा आचार्य

केन्द्रबिन्दु
98
Shares

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन्।

जिल्ला नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका छन्।

यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो।

त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन्।

Logo