रास्वपाले भन्याे- कुनै गलत गरेको छैन, संसदीय छानबिन समिति बन्दैन

रास्वपाले भन्याे- कुनै गलत गरेको छैन, संसदीय छानबिन समिति बन्दैन

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नु नपर्ने बताएका छन्।

सभामुखसँग शीर्ष नेताको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक परियारले गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा कुनै गलत नगरेको भन्दै संसदीय छानबिन समिति नबन्नु पर्ने बताएका हुन्।

उनले भने, ‘सरकारको तर्फबाट प्रधानमन्त्री, एमालेको तर्फबाट विष्णु पौडेलसहित हामी सबैको एकमत छ समिति बन्दैन। बन्नु पनि हुँदैन। कोही मान्छेलाई नियतवश फसाउनलाई समिति बन्दैन। समिति नबनेपछि भोलिको सदन कसरी जान्छ भन्ने कुरामा हामी संवाद र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। हामी कसैलाई निषेध गर्नुपर्छ भन्ने पक्षमा छैनौँ। भावनालाई जोडेर कसैलाई अपराधी करार गर्न सकिँदैन। जो मान्छे सहकारी प्रकरणमा कहीँ पनि जोडिएको छैन।’

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको छ।

Logo