मार्क्सवाद अरु विचारभन्दा अग्रगामी छः प्रदीप ज्ञवाली

मार्क्सवाद अरु विचारभन्दा अग्रगामी छः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले माक्र्सवाद अरु विचारभन्दा अग्रगामी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘ब्रम्हवाद, शुन्यवाद र मार्क्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा नेता ज्ञवालीले मार्क्सवाद विचारले समाज बदल्नुपर्छ, व्यक्ति मात्रै राम्रो भएर वा एउटा शासक मात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताएका हुन् ।

पुस्तकका बारेमा चर्चा गर्दै उनले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरि प्रभाव पारेका चिन्तन धाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको बताए ।
‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरुलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ । भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उनले भने ।

Logo