कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । संसद्मा पार्टीको भूमिकाबारे सोमबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विहान ७ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ भने त्यसपछि ८ बजेबाट संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ।

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले गठन नभएसम्म संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्न नदिने नीति लिएको छ भने सरकारको छानविन समिति गठनमा ढिलाइ गरे संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

यसअघिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म संसदीय छानविन समिति गठनका लागि भन्दै अल्टिमेटम दिएका थिए । प्रतिनिधिसभाको अर्को बैंठक मंगलबार बस्दैछ । त्यसअघि दलको बैठकमा छलफल गर्न लागेको हो ।

Logo