कांग्रेस संसदीय दलको बैठक चलिरहेको बेला प्रधानमन्त्री प्रचण्डले किन बोलाए गगन र सिटौलालाई बालुवाटार?

कांग्रेस संसदीय दलको बैठक चलिरहेको बेला प्रधानमन्त्री प्रचण्डले किन बोलाए गगन र सिटौलालाई बालुवाटार?

केन्द्रबिन्दु
952
Shares

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक चलिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामन्त्री गगन थापा र राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलालाई भेट्न बोलाएका छन्।

कांग्रेसको नयाँ बानेश्वरस्थित् संसद भवनमा संसदीय दलको बैठक चलिरहेको बेला प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारी निवास बालुवाटारमा महामन्त्री थापा र राष्ट्रिय सभा सदस्य सिटौलालाई छलफलका लागि बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएपनि उनी संसदीय दलको बैठकमा व्यस्तहुँदा देउवाले थापा र सिटौलालाई पठाएका हुन्।

प्रतिनिधि सभा बैठक सञ्चालन, कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको मागलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई बोलाएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

आजै प्रतिनिधि सभा बैठक पनि बस्दैछ।

Logo