शीर्ष नेताको बैठक आजपनि बालुवाटारमा जारी, आफ्नो अडानबाट पछाडि हट्लान त दल?

शीर्ष नेताको बैठक आजपनि बालुवाटारमा जारी, आफ्नो अडानबाट पछाडि हट्लान त दल?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । सोमबार कांग्रेसले आफ्नो अडान नछाडेपछि निष्कर्षविहीन बनेको शीर्ष नेताको बैठक फेरि आज(मंगलबार) पनि बालुवाटारमा सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेताहरू सहभागी रहेका छन्।

बैठकमा कांग्रेसले राखेको सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेपनि मुछिएको र उनी माथि संसदीय छानविन हुनुपर्ने भन्दै संसदमा कांग्रेसले आजसम्मको बटमलाई दिएको थियो। तर, सत्तापक्षका कुनैपनि दलले संसदीय छानविनको आवश्यकता नरहेको बताउँदै आइरहेका छन्।

सोही विषयमा हिजोपनि सभामुखसहित शीर्षनेताको बैठक बसेको थियो। कुनैपनि दलले आफ्नो अडानबाट पछाडि नहट्दा बैठक निष्कर्षविहीन बनेको थियो।

उक्त विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठकपनि अहिले नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा जारी छ।

आजै प्रतिनिधिसभा बैठक बस्ने कार्यतालिका पनि रहेको छ।

Logo