कांग्रेस संसदीय दलको निर्णय : संसदीय छानबिन समिति गठन हुनुपर्छ

कांग्रेस संसदीय दलको निर्णय : संसदीय छानबिन समिति गठन हुनुपर्छ

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग सर्वसम्मत पारित गरेको छ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनी माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग सर्वसम्मत निर्णय गरेको छ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ।’

सोही विषयमा छलफल गर्न अहिले सभामुख, कांग्रेस र सत्तापक्षको संयुक्त बैठक बालुवाटारमा जारी चलिरहेको छ।

Logo