राप्रपाको प्रदर्शन जारी, १२ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

राप्रपाको प्रदर्शन जारी, १२ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मंगलबार गर्ने भनिएको बृहत प्रदर्शन केही समय अगाडिदेखि सुरू भएको छ।

राप्रपाले काठमाडौंमा विभिन्न स्थानबाट १ लाख मानिसलाई प्रदर्शनका लागि सडकमा उतार्ने लक्ष्य रहेको जनाएको थियो।

जसका लागि गृहमन्त्रालय १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखेको र प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे बल प्रयोग गर्ने प्रहरीले बताएको छ।

यस्तै, सशस्त्र प्रहरीलाई सुरक्षाको दोश्रो घेरामा राखिएको छ।

राप्रपाले १ लाख मानिस उतार्ने बताएपनि सुरक्षा निकायले १० हजारसम्म मात्रै प्रदर्शनकारी आउन सक्ने अनुमान गरेको छ।

Logo