राष्ट्रिय सभा निर्वाचन: उपाध्यक्षका लागि कांग्रेस र एमालेले गरायो उम्मेद्‍वारी दर्ता

राष्ट्रिय सभा निर्वाचन: उपाध्यक्षका लागि कांग्रेस र एमालेले गरायो उम्मेद्‍वारी दर्ता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेद्‍वारले मनोनयन दर्ता गराएका छन्।

कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूले केही बेर अगाडि संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेद्‍वारी दर्ता गराएका हुन्। घिमिरेलाई सत्ता गठबन्धनको समर्थन छ। तर, एकीकृत समाजवादीले भने आफ्नो दाबी छाडेको छैन।

सो बारेमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

Logo