शीर्ष नेता छलफल: दलहरू अडानबाट हटेनन् पछाडि

शीर्ष नेता छलफल: दलहरू अडानबाट हटेनन् पछाडि

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालु्वाटारमा बसेको सभामुखसहित शीर्ष दलका नेताको बैठक निष्कर्षविहीन भएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहाकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान र सत्तापक्षका दलहरूले छानबिन समितिको आवश्यकता नरहेको अडानबाट पछाडि नहट्दा बैठक निष्कर्षविहीन बनेको हो।

बैठकमा प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेताहरू सहभागी रहेका थिए।

कांग्रेसले राखेको सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको र उनीमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै संसदमा कांग्रेसले आजसम्मको बटमलाई दिएको थियो।

यस्तै, कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठकपनि आजैका लागि बोलाइएको छ।

Logo