प्रतिनिधि सभा : कांग्रेसको अवरोध कायमै

प्रतिनिधि सभा : कांग्रेसको अवरोध कायमै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक फेरिपनि अवरुद्ध गरेको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहेका छन्।

विरोध गरेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलेलाई बोल्नका लागि समय दिएका थिए।

थिङ्ले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन्। उनले भनिन्, ‘सहकारी पीडितहरू लाखौँ छन्। अर्बौँ रकम अपचलन भएको कुरा आएको छ। त्यसमा सूर्य दर्शन सहकारीसहित ६ वटाबाट एक अर्ब गोरखा मिडिया कम्पनीमा लगाइएको छ। यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन? यो गैरकानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन? रवि लामिछानेको ठाउँमा अरू जोकोही भएको भए कारबाही हुन्थ्यो होला। कानून लाग्थ्यो होला। रवि लामिछाने भएपछि त अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन?’

Logo