प्रतिनिधि सभा बैठकमा दुवै पक्षकाे अवराेध, १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठकमा दुवै पक्षकाे अवराेध, १५ मिनेटका लागि स्थगित

केन्द्रबिन्दु
56
Shares

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको सुरुमै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकसाथ उठेका थिए । सभामुख देवराज घिमिरेले सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई ५ मिनेट बोल्न समय दिएका थिए । कांग्रेसले संसद्मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध बोलेका कुराको प्रतिवाद गर्ने रास्वपाले सङ्केत गरेको थियो ।

तर कांग्रेस सचेतक थिङले बोल्न नमानेपछि बैठक स्थगित भएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनको कारबाही अवरोध गर्ने बताउँदै आएको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेपनि भर्खरै बसेकाे थियाे । सभामुखले मंगलबार पनि प्रमुख दलका नेताहरुसँग छलफल गरेका थिए । सो छलफलमा समेत दलहरुबीच सहमति हुन सकेको थिएन ।

Logo