प्रतिशाेध साँध्ने औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नुहुँदैन: स्वर्णिम वाग्ले

प्रतिशाेध साँध्ने औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नुहुँदैन: स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्न नहुने बताएका छन्।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति वाग्लेले प्रतिशाेध साँध्ने औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्न नहुने बताएका हुन्।

‘व्यक्ति खुइल्याउने, प्रतिसोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नु हुँदैन,’ उनले भने, ‘०४७ सालदेखिका भ्रष्टाचारबारे छानबिन गर्ने कुरा त सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रममा समेत उल्लेख गरिएको छ। कुनैपनि कालखण्डमा घटेका भ्रष्टाचारबारे ग्रान्ड पब्लिक इन्क्वायरी आह्वान गर्छौं। त्यसमा सहकारी पनि पर्छ।’

Logo