कांग्रेसको अवरोधपछि संसद बैठक सूचना टाँसेर स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक सूचना टाँसेर स्थगित

केन्द्रबिन्दु
168
Shares

प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । १५ मिनेटका लागि भनि स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेससम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ ।

आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गरिन् । उनले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गरिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे थियाे । तर, सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित भएकाे हाे ।

Logo