ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
644
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई भद्रकालीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सोही क्षेत्रमा केहीबेर अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। प्रहरीले केही थान अश्रृ ग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ।

Logo