राष्ट्रिय सभा उपाध्यक्षका लागि कांग्रेस र एमालेमात्रै भिड्ने

राष्ट्रिय सभा उपाध्यक्षका लागि कांग्रेस र एमालेमात्रै भिड्ने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)मात्रै भिड्ने भएका छन्।

उपाध्यक्षका लागि मनोनयन दर्ता गर्ने समय १:४५ बजेसम्म कांग्रेस र एमालेका १/१ जनाको उम्मेद्‍वारी मात्रै परेपछि दुई ठूला पार्टी भिड्ने भएका हुन्। अन्य दलहरूले मनोनयन दर्ता गराएका छैनन्।

कांग्रेसको तर्फबाट विष्णुदेवी पुडाशैनी र एमालेको तर्फबाट विमला घिमिरेको उम्मेद्‍वारी परेको छ।

एमालेको तर्फबाट उम्मेद्‍वार घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ छभने पुडाशैनीलाई कांग्रेसको मात्र साथ छ।

राष्ट्रिय सभामा हाल सत्ता गठबन्धको बहुमत रहेको छ।

Logo