रास्वपाको प्रस्तावमा कांग्रेसको समर्थन

रास्वपाको प्रस्तावमा कांग्रेसको समर्थन

केन्द्रबिन्दु
644
Shares

काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ।

विगत केहीदिन देखि कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सं सदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिनको माग र सत्ता गठबन्धनले छानबिन गर्नुनपर्ने अडानले राजनीतिक दलहरू एकअर्कामा बाँझाबाँझ गर्नुका साथै सदललाई पनि निष्क्रिय बनाएका छन्।

हिजो(सोमबार) सभामुख देवराज घिमिरेले विवाद सुल्झाउन शीर्ष दलका शीर्ष नेताहरूसँग छलफलमा दलहरूले आफ्नो अडान नछोड्दा छलफल नै निष्कर्षविहीन बनेको थियो।

यस्तै, आजपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहित शीर्ष नेताको बैठक बोलाइएको थियो। बैठक सोमबार जस्तै निष्कर्षविहीन बन्यो। तरपनि सभामुख घिमिरेले आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक केही समय ढिलो बोलाए।

बैठक सुरूहुँदै कांग्रेसले आफ्नो पुरानै अडान संसदीय छानबिन समितिको माग उठाउँदा उता रास्वपाले भने नयाँ अडान उठायो। उसको नयाँ अडान थियो, ‘०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग’

रास्वपा उठाएको उक्त मागको कांग्रेसले पनि समर्थन गरेको छ। साथै आफ्नो पुरानो अडान सहकारी ठगीबारे संसदीय छानबिन समितिको मागपनि उठाएकै छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजिक सञ्जालमा लेखेका छन् :

सम्माननिय
@PM_nepal_
लाई सार्वजनिक अपील !

१) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ l गठन गरौं l २) सहकारी ठगिबारेसंसदीय छानबिन समिति´ गठन गरौं !

Logo