गण्डकीः मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

गण्डकीः मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

केन्द्रमा सत्ता परिवर्तनभएसँगै एमालेबाट मुख्यमन्त्री बनेका अधिकारीको नियुक्ति गैरकानूनी भएको भनदै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। अधिकारीविरूद्ध सर्वोच्च अदालत जाने सोमबार बसेको कांग्रेस केन्द्रीय पद‍ाधिकारीहरूले पनि निर्णय गरेका थिए।

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा रिट दर्ता भएको पुष्टी गरेको छ। वर्तमान मुख्यमन्त्री अधिकारी एमाले संसदीय दलका नेतासमेत हुन्। उनले आइतबार मात्रै शपथ खाएका थिए।

Logo