राप्रपाको प्रदर्शनपछि उपाध्यक्ष मिश्रको दाबी: आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै

राप्रपाको प्रदर्शनपछि उपाध्यक्ष मिश्रको दाबी: आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले आजको प्रदर्शनपछि ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै भएको दाबी गरेका छन्।

प्रदर्शनपछि आज(मंगलबार) थापाथलीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष मिश्रले आजको प्रदर्शनपछि ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै भएको दाबी गरेका हुन्।

उनले भने, ‘आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै देखाएका छौँ। फिल्म अब सुरु हुन्छ।’

उपाध्यक्ष मिश्रले गृहमन्त्री रवि लामिछानेमाथि पनि आक्रोश पोखेका छन्। उनले अहिलेका गृहमन्त्री लामिछाने सञ्चारकर्मी भएको भए आजको दमनलाई नालायक गृहमन्त्रीको दमन भन्ने तर अहिले आफैं गृहमन्त्री हुँदा आफूलाई के भन्ने हुन् भन्दै प्रश्न गरे।

Logo