उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ। आयोगले प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशसभातर्फ बझाङ–१(१) मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगले बुधबारै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर आचारसंहिता पालना गर्न र गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ।

यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड-रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने र गराउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरेको छ। यस्तै, आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालग्राम शर्मा पौडेलले जानकारी दिए। मतदान भने बैशाख १५ गते शनिबार हुनेछ।

Logo