समाजवादी भोलेन्टियर्सका अध्यक्षमा तारा विश्वकर्मा

समाजवादी भोलेन्टियर्सका अध्यक्षमा तारा विश्वकर्मा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन भएको छ। काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा भएको भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो।

भेलाले संगठनको विधान पारित गरेको छ। आपतकालीन उद्धार, विपद् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत बज्राचार्य, रेखा यादवलगायत नेताहरु सहभागी थिए।

Logo