संसदीय छानबिन समिति बनाउन तयार नभए सदन अवरोध जारी रहन्छ: नेता सिंह

संसदीय छानबिन समिति बनाउन तयार नभए सदन अवरोध जारी रहन्छ: नेता सिंह

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन तयार नभए सदन अवरोध रहने बताएका छन्।

बुधबार काठमाडौंको बुद्धनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले संसदीय छानबिन समिति बनाउन तयार नभए सदन अवरोध रहने बताएका हुन्। उनले भने, ‘सहकारी प्रकरणमा कांग्रेस प्रष्ट छ, संसदीय छानबिन समिति बन्नुपर्छ। संसदीय छानबिन बनाउन तयार नभए सदन अवरोध रहन्छ। कांग्रेसलाई पनि संसदीय अभ्यास राम्रोसँग थाहा छ।’

यस्तै, गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा दिनु उचित हुने बताए। उनले भने, ‘उहाँले राजीनामा दिनु राम्रो हुन्छ। संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा पछि अघि बढे भयो। विवादमा मुछिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि राजीनामा दिनुभएको थियो। पछि संलग्नता नदेखिएपछि मन्त्रीमै फर्किनुभयो, संलग्नता नदेखिए त्यस्तै गरे भयो।’

Logo