गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दे दायर गरेको मुद्दाको सुनुवाई आज हुने भएको छ।

गण्डकी प्रदेशकै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीविरूद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनको मुद्धा न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ।

गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्ति असंवैधानिकक भएको भन्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन्। अधिकारीको सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।

Logo