सांसद खतिवडाको प्रश्नः किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ ?

सांसद खतिवडाको प्रश्नः किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकार संसदीय छानबिन समिति बनाउनबाट भागीरहेको भनेर प्रश्न गरेका छन्।

बु्धबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको र उनी दोषी वा निर्दोषी भएपनि सरकार संसदीय छानबिन समिति बनाउनबाट किन भागेर हिँडिरहेको भनेर प्रश्न गरेका छन्।

उनले भने, ‘हामीले कसैलाई दोषी करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ? हामीले फेरि पनि भन्यौँ हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ। हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।’

Logo