संसदमा कांग्रेसको माग कायमै

संसदमा कांग्रेसको माग कायमै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको नियमित कारबाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ।

बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्दै सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति गठनको माग गरेका थिए।

उनले भने,‘एक महिना देखि हामी निरन्तर यहि विषयमा छलफल गरिरहेको छौं। हाम्रो माग सरकारले पूरा गरेन हामी कोहीसँग पूर्वाग्रहको दृष्टिकोणले व्यवहार गर्न चाहँदैनौं। तर सहकारीको अरबौं रूपैयाँ गोर्खा मिडियाका रवि लामिछानेले जम्मा गर्नुभएको छ। सहकारीको पैसा कुनै पनि संस्थामा आफू सदस्य नभएको संस्थामा लैजान मिल्दैन। छ वटा सहकारीको पैसा लाने मान्छेलाई दण्ड हुन्छ कि न्याय हुन्छ? निष्पक्ष छानविन गर्ने संसदीय छानविन समिति गठन होस्। त्यो छानविन समितिले जे निर्णय गर्छ। त्यो हामी मान्छौं।’

Logo