अमुक रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउने काम नगरौँ : सांसद सापकोटा

अमुक रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउने काम नगरौँ : सांसद सापकोटा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अमुक रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउन नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुनैपनि व्यक्ति विशेषलाई सत्ताको दाउपेच र मन्थनको रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउन नहुने बताएका हुन्। उनले गृहमन्त्री रवि लामिछानेको हकमा प्रधामन्त्रीले फैसला नगरि तथ्य र प्रमाणको आधारमा बोलेको पनि बताए।

उनले भने, ‘राज्यका मेकानिजमले दिएका तथ्य र प्रमाणको आधारमा बोल्नुभएको हो। प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन। राज्यका निकायले दिएका तथ्यका आधारमा संसदमा जवाफ दिनुभएको हो। प्रतिपक्ष र सत्ता पक्षका सांसदलाई के भन्न चाहन्छु भने अमुक रुपमा कुनै व्यक्ति विशेषलाई खुइल्याउने काम नगरौं।’

Logo