प्रतिनिधिसभाको बैठक आज पनि अवरूद्ध, अर्काे बैठक नयाँ वर्षपछि

प्रतिनिधिसभाको बैठक आज पनि अवरूद्ध, अर्काे बैठक नयाँ वर्षपछि

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरिपनि अवरूद्ध भएको छ।

बैठक बसेको आकस्मिक समय सकिएपछि प्रतिपक्षि दलहरूले अवरूद्ध गर्दा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित् भएको छ। आजको बैठक प्रमुख प्रतिपक्षीदलहरू कांग्रेस, राप्रपा र लोसपाले अवरुद्ध गरेका हुन्।

अर्को बैठक नयाँ वर्ष २०८१ वैशाख २ गते ११ बजेका लागि बोलाइएको छ। यस अगाडि पनि पटकपटक कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरूद्ध गर्दै आइरहेको थियो।

Logo