देश बचाउनका लागि पहिलो र दोस्रो दल मिल्नुपर्छ : नेता कोइराला

देश बचाउनका लागि पहिलो र दोस्रो दल मिल्नुपर्छ : नेता कोइराला

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश बचाउनका लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्ने जिकिर गरेका छन्।

बिहीबार दाङको घोराहीमा बिहीबार आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देश बचाउनका लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्ने जिकिर गरेका हुन्।

उनले भने, ‘मैले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ। राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ।’

Logo