लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
42
Shares

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्। महराले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका हुन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ। तर मुख्यमन्त्री नियुक्त हुनुभन्दा अघि उनले गरेको सहमतिबमोजिम काम नगरेको भन्दै सरकारमा सहभागी साना दलहरू असन्तुष्ट देखिन थालिसकेका छन्। त्यहीँ कारण महराले हतारिएर विश्वासको मत लिने तयारी गरेका हुन्।

Logo