मिडिया काउन्सिल विधेयक आजको मन्त्रिपरिषद् बैठकबाट पारित हुन्छ : प्रवक्त शर्मा

मिडिया काउन्सिल विधेयक आजको मन्त्रिपरिषद् बैठकबाट पारित हुन्छ : प्रवक्त शर्मा

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिलसम्बन्धि विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिलसम्बन्धि विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन्।

उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिलसम्बन्धि विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौँ। मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ। र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ।’

उनले विज्ञापन नियमावलीमा संशोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको बताइन्। विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ।

उनले भनिन, ‘विज्ञापन नियमावलीमा संशोधन गरिएको छ। तर, विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ। ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौँ। विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन बोर्डको बीचमा भन्दा विज्ञापन बोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौँ।’

Logo