नाउपाका सुदूरपश्चिम सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

नाउपाका सुदूरपश्चिम सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यलाई ३ महिनाका लागि निलम्बन गरेका छन्।

पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बन गरेका हुन्।

उनले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको जानकारी दिएकी हुन्।

प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटकपटक बोलाउँदापनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको बताएकि छिन्।

यस अगाडि अध्यक्ष रञ्जिताले अर्का प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पनि फिर्ता बोलाएकी थिइन्।

Logo