अध्यक्ष ओलीको आरोप: कांग्रेसले चल्न दिएन, संसद अधिवेशन अन्त्य हुन्छ

अध्यक्ष ओलीको आरोप: कांग्रेसले चल्न दिएन, संसद अधिवेशन अन्त्य हुन्छ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद चल्न नदिँदा अधिवशेन अन्त्य हुन लागेको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटेघाटपछि अध्यक्ष ओलीले कांग्रेसले संसद चल्न नदिँदा अधिवशेन अन्त्य हुन लागेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीले सोधेको हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो? भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भने,‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो।’

बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’

Logo