रिक्त रहेको सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

रिक्त रहेको सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । पदाधिकारी रिक्त रहेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ४ सदस्यीय सिफारिस समिति गठन गरेको छ।

समितिमा राष्ट्रिय मानव अधिकार आयोगले तोकेको व्यक्ति, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल र स्टेला तामाङ रहेका छन्।

सो सिफारिस समितिले दुवै आयोगका पदाधिकारीलाई नियुक्त गर्न सिफारिस गर्नेछ।

Logo