एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेका छौँ : पूर्वप्रधानमन्त्री खनाल

एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेका छौँ : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेको बताएका छन्।

शनिबार नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेको बताएका हुन्।

उनले जारी गरेको शुभकामना सन्देशमा लेखेका छन्,‘हामीले एकातिर एउटा उथलपुथलपूर्ण, आक्रमण, हस्तक्षेप, युद्ध, विध्वंस र नरसंहारका प्रवृत्तिहरू र अर्कोतिर शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका शक्तिहरूको विस्तारको प्रवृत्ति तथा पूर्व र पश्चिम अनि उत्तर र दक्षिण बीचको बढ्दो टक्करका बीच विश्व परिस्थिति विकसित भइरहेको देखिरहेका छौँ। त्यसरी नै हाम्रो देशले समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्ने क्रममा एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेका छौँ।’

Logo