सुधार प्रक्रिया ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जान्छ : नेता कोइराला

सुधार प्रक्रिया ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जान्छ : नेता कोइराला

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधानरको खाँचो भएको र त्यो सुधार प्रक्रिया ढिला गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जाने बताएका छन्।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिँदै नेता कोइरालाले राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधानरको खाँचो भएको र त्यो सुधार प्रक्रिया ढिला गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जाने बताएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ। यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जानेछ। संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ। तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछौँ। आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ। प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ?’

Logo